तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवाद्वारा सुनुवारको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारकी धर्मपत्नी प्रमीला सुनुवारको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रमीला सुनुवारको ओखलढुङ्गाको खिजीदेम्वा गाउँपालिका खिजीमा आज ५४ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार लगायत शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरूका साथै सामाजिक कार्यमा समेत प्रमीला सुनुवारको संलग्नता रहँदै आएको थियो । उहाँका श्रीमान् र दुई छोरा हुनुहुन्छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button