लुम्बिनी प्रदेश: ४२ अर्ब ९१ करोडको बजेट प्रस्तुत
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले गत वर्षभन्दा दुई अर्ब बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ९१ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको हो ।
बुधवार प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले गत वर्षको भन्दा करिब दुई अर्ब बढीको बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमा दाङको राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति, रामपुर–रोल्पा सडकलाई प्रदेश गौरवको आयोजनामा राखेर बजेट विनियोजन गरिएको छ । एक स्थानीय तह: एक खेलकुद संरचना, एक स्थानीय तह: एक नमुना उत्पादन, एक जिल्ला: एक निर्यातयोग्य बाली तथा बस्तु, एक स्थानीय तह: एक प्राङ्गारिक मल उद्योग, स्मार्ट कृषि गाउँ कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ ।
मन्त्री खड्काले व्यवसाय प्रवर्द्धन कार्यक्रम, उद्यमशीलता प्रवर्द्धन, एक निर्वाचन क्षेत्र: एक औद्योगिक ग्राम, बाइसे चौबिसे पर्यटकीय सर्किट, एक जिल्ला: एक सांस्कृतिक ग्राम, एक घर: एक धारा, कृषिको आधार: सिँचाइमा सुधार, उज्यालो प्रदेश: लुम्बिनी प्रदेश, बेरोजगारलाई रोजगार: साथमा छ प्रदेश सरकार लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्