रोल्पाका मगर समुदायको मुख्य पर्व भुम्या

रोल्पा । रोल्पामा बसोबास गर्ने मगर समुदायले आफ्नो मुख्य पर्व भुम्यालाई वर्षौँदेखि मान्दै आएका छन् । प्रत्येक वर्ष असार १ गते आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गरेर मातृभूमिप्रति श्रद्धा र आदर प्रकट गर्नको लागि यो पर्व मनाउँदै आएको पाइन्छ ।
कुनै पनि प्राकृतिक विपत् नआओस् भनेर प्रकृतिको पूजा गरेमा विपत्तिबाट बच्न धनजनको क्षति नहुने जनविश्वासका साथ छ मगर बहुल क्षेत्रमा विशेष पर्वका रुपमा मनाउने चलन छ ।
भूमे पर्व आउने दिनको अघिल्लो दिन गाउँका युवायुवती जलजलामा फूल लिन जाने गर्दछन् । पुजारी र दमाहाका साथ फूल लिन जाने चलनलाई ‘मुरुला’ लिन जाने भनिन्छ । मगर राज्य रहेको चलेको समयमा वर्षभरिको नियम कानुन बनाउने तथा त्यसका लागि प्रतिनिधि चयन गर्ने दिनको रुपमा समेत यो पर्वलाई लिने गरिन्छ ।

रोल्पाको उत्तरी क्षेत्र थवाङ गाउँपालिका र सुनछहरी गाउँपालिकामा भुम्या पर्वलाई भव्य रुपमा मनाइन्छ भने अन्य क्षेत्रमा बसोबास गर्ने मगर समुदायले पनि पर्व मनाउने गर्दछन् यो पर्वमा युवा युवती, बुढाबुढी सयौँ व्यक्तिहरू एकैचोटी ताती मिलाएर मगर पोसाकमा सजिएर नोको बाङ्गे नाच पनि नाचिने गरिन्छ ।
वसन्त ऋतुमा विवाह गर्ने जोडीको दाम्पत्य जीवन सधैँ सुखी हुने धार्मिक संस्कारलाई कायम राख्न यो पर्वको सुरुवात गरिएको मगर अगुवाहरूको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्