सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

सप्तरी । सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
बोदेबर्साइन नगरपालिका वडा नम्बर ३ मा आज दिउँसो चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बोदेबर्साइन वडा नम्बर ३ बस्ने ५५ वर्षीय रामजी यादव र ६५ वर्षीय सत्यनारायण यादव रहेका छन् । उनीहरू गाई चराउन खेतमा गएको बेला चट्याङ लागि मृत्यु भएको ईलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्