तपाईँ सुन्दै हुनुहुन्छः

कपुरकोट –दाङ सडकखण्डमा टिपर सञ्चालनमा रोक 

सल्यान । सल्यानको कपुरकोट – दाङ सडकखण्डमा टिपर सञ्चालनमा रोक लगाइएको छ । कपुरकोट गाउँपालिकाको कार्यपालिका बैठकले नै सिमेन्ट उद्योगमा ढुङ्गा ओसारपसार गर्ने टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

रोल्पा सिमेन्ट प्रा.लि का अत्यधिक भार वहन सहित टिपर गुड्दा नागरिकको स्वास्थ्य र सडक खण्ड जीर्ण बनेको भन्दै गाउँपालिकाले टिपर सञ्चालनमा रोक लगाएको हो । 

स्थानीयको मागलाई मध्यनजर गर्दै अत्यधिक भार बहन सहित गुड्ने टिपर सञ्चालनमा रोक लगाइएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनु भयो । नागरिकको जिउधन र प्राकृतिक दोहनलालाई रोक्न टिपर सञ्चालनमा रोक लगाइएको उहाँको भनाई छ । 

अत्यधिक भार वहनका  टिपरले सडक र्जीण बनाएको तथा मानवीय क्षति समेत भइरहेको भन्दै स्थानीयले पटक पटक टिपर रोक्न माग  गर्दै विरोध गर्दै आइरहेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button