तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना खोपबाट मृत्यु भएकी महिलाको क्षतिपूर्ति माग

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटाकी २० बर्षिया गङ्गा रानाको कोरोना भाइरस विरुद्धको खोप लगाएपछि मृत्यु भएको भन्दै स्थानीयले क्षतिपूर्ति माग गरेका छन् ।

पीडित पक्षले क्षतिपूर्ति मागसहित वडा नं. १९ को स्वास्थ्य चौकीमा तालाबन्दी गर्दै आन्दोलन गरेका हुन् ।

मृतक राना जेठ १६ मा बुस्टर खोप लगाएदेखि तिन दिन बिरामी भएकी थिइन । उनको बिहीबार दिउँसो मृत्यु भएको हो ।

मृतकका परिवार र स्थानीयले स्वास्थ्यकर्मीको लापरबाहीका कारण मृत्यु भएको दाबी गरेका छन् । उनीहरूले आज शुक्रवार भीमदत्त नगरपालिकामा समेत धर्ना दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button