तपाईँ सुन्दै हुनुहुन्छः

झापामा मोटरसाइकल चोरी अभियोगमा दुई नाबालकसहित ८ जना पक्राउ 

भद्रपुर, झापा । झापामा मोटरसाइकल चोरी घटनामा संलग्न दुई नाबालकसहित ८ जना पक्राउ परेका छन् । 

झापा प्रहरीले झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–५ निवासी १८ वर्षीय करण मण्डल, बिर्तामोड–३ निवासी १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा नगरपालिका–८ निवासी १८ वर्षीय समीर मियाँ, आहिल ग्यारेजका सञ्चालक सप्तरी जिल्ला टिकुली–५ निवासी १७ वर्षीय करण महमद, गौरीगञ्ज गाउँपालिका–५ निवासी १८ वर्षीय ओमप्रकाश यादव, इलाम जिल्ला चुलाचुली घर बताउने १८ वर्षीय राहुल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।

घटनामा संलग्न १४ र १५ वर्ष उमेरका दुई जना नाबालक रहेको उहाँले बताउनुभयो । बिर्तामोडमा मोटरसाइकल चोरीका घटना बढेसँगै जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले सूक्ष्म रुपमा खोजतलास गरिरहेको थियो । 

सोही क्रममा हिजो बुधवार अर्जुनधारा–८ कदमगाछीस्थित अशोक विहारीको घर र अर्जुनधारा–१० स्थित विमल हुमागाईँको घरको सटरमा ग्यारेज सञ्चालन गर्ने सप्तरी टिकुली ५ घर भएका करण महमदको मोटरसाइकल ग्यारेजबाट ६ वटा, जिल्लाका अन्य स्थानबाट ५ वटा र इलामबाट एउटा गरी चोरी भएका १२ वटा मोटरसाइकल बरामद गर्न प्रहरी सफल भएको डिएसपी पाठकले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button