तपाईँ सुन्दै हुनुहुन्छः

गाडीको ठक्करबाट एक जनाको मृत्यु

बारा । बाराको निजगढमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

निजगढ नगरपालिका–९ मा पिकअप गाडीको ठक्करबाट सोही ठाउँका सिताराम आचार्यको मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

पूर्व–पश्चिम राजमार्गबाट दक्षिणतर्फको गौरी शङ्कर क्याम्पसस्थित भित्री सडक खण्ड अन्तर्गत निजगढ ९ मा बा प्रदेश ०३–००१ च ११४६ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा स्थानीयवासी आचार्यको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button