धनुषाका नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरूको शपथ ग्रहण सम्पन्न
जनकपुरधाम । धनुषाका १८ पालिकामा निर्वाचित हुनुभएका नगर प्रमुख तथा अध्यक्षहरूको पद तथा गोपनीयताको शपथ ग्रहण सम्पन्न भएको छ ।
मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई जनकपुरधाम उपमहानगरपालिकाको अष्टावक्र सभा हलमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

धनुषाका एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिकाका नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरूले शपथ ग्रहण गर्नुभएको हो ।
सोमबार साँझ जनकपुरधाम उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै जिल्लाका सबै स्थानीय तहको मतगणना सम्पन्न भएको थियो ।

अबको ७ दिन भित्रमा नगर प्रमुख र अध्यक्षहरूले पालिकाका उपमेयर, उपाध्यक्ष सहित वडाध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने निर्वाचन निर्देशिकामा उल्लेख रहेको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्याय, प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरूलाई जनताको पक्षमा काम गर्न शुभकामना दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्