तपाईँ सुन्दै हुनुहुन्छः

इटहरीका मेयरद्वारा पदभार ग्रहण गरी पाँच बुँदे निर्णय सार्वजनिक

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सोमबार पदभार ग्रहण गर्नुभएको छ ।मेयर पौडेलले पदभार ग्रहण गरी पाँच बुँदे निर्णय पनि सार्वजनिक गर्नुभएको छ ।

गरिब, दलित, अल्पसङ्ख्यक, विपन्न, असक्त, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा गर्ने, इटहरी उपमहानगरपालिका क्षेत्रका महिलाहरूलाई नवजात शिशु पोषण अन्तर्गत २ हजार १ सय उपलब्ध गराउने, सरकारले लागू गरेको स्वास्थ्य बिमा अन्तर्गत उपचार गर्न बाहिर जाँदा लिनुपर्ने रिफर लेटर सम्बन्धित वडाको स्वास्थ्य संस्थाबाटै लिन व्यवस्था मिलाइने निर्णय गर्नुभएको छ ।

साथै, सार्वजनिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि अङ्ग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउने प्रबन्ध गर्ने, नगर कार्यपालिकाको नगर सभा र नगर कार्यपालिकाको बैठक सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button