तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रहरीका पाँच डिआइजी एआइजी बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षक(डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआइजी उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य–सचिव एवं प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button