तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाको कनकासुन्दरीमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना,तीन घाइते

जुम्ला । जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स बिहान दुर्घटना भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्ट  अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना सामान्य घाइते भएका छन् ।  

कनकासुन्दरी ६ निवासी दलविरे ऐडि बिरामी भई सदरमुकाम ल्याइँदै गर्दा दुर्घटना भएको छ । दुर्घटनामा खासै क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सडकबाट १५,२० मिटर तल एम्बुलेन्स खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button