जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोजको अग्रता कायमै

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुढीको अग्रता कायम रहेको छ ।
हालसम्म साहले ६ हजार २ सय ९१ मत प्राप्त गरेर अग्र स्थानमा रहनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ४ हजार १ सय २३ मत प्राप्त गर्नु भएको छ । लोसपाका मेयर पदका उम्मेदवार मनोज चौधरीले हालसम्म २ हजार ६ सय ४७ मत प्राप्त गर्नुभएको छ । मेयर पदकै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले २ हजार १ सय ५३ मत र निवर्तमान मेयर लालकिशोर साहले जनता समाजवादी पार्टीका तर्फबाट १ हजार ८ सय ३८ मत प्राप्त गर्नुभएको छ । लालकिशोर गठबन्धन दलका उम्मेदवार हुनुहुन्छ । पहिलो स्थानमा रहनुभएका मनोज भने नेपाली काग्रेंसका विद्रोही तथा गठबन्धनका बागी उम्मेदवार हुनुहुन्छ ।
यसै गरी उपमेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार किशोरी साह ६ हजार ९ सय ६६ मतसहित अग्र स्थानमा हुनुहुन्छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार रुना देवी झाले ४ हजार ७ सय ३ मत प्राप्त गरी पछ्याइरहनुभएको छ । उपमेयर पदमा तेस्रो स्थानमा निवर्तमान उपप्रमुख रिता कुमारी मिश्र हुनुहुन्छ । उहाँले हालसम्म २ हजार ७ सय ८ मत ल्याउनु भएको छ । उपमेयर पदकै लागि मैदानमा रहनुभएकी स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले २ हजार १ सय ९१ मत प्राप्त गर्नु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं १, २, ३,४, ५, ६, ७, ८, ९, २२, २३, २४ र २५ को मतगणना सकिएको छ । हालसम्ममा ३ वडामा नेकपा एमाले, १ वडामा लोसपा र बाँकी रहेका ९ वडामा नेपाली काँग्रेसका वडाध्यक्ष प्यानलसहित निर्वाचित हुनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्