बर्दगोरिया अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कर्ण कुँवर विजयी हुनुभएको छ । कुँवर गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका शेरबहादुर कठरियालाई एक हजार ६५६ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

कुँवरले पाँच हजार ८४२ मत प्राप्त गर्नुभएको थियो भने उहाँको प्रतिद्वन्द्वी कठरियाले चार हजार १८६ मत प्राप्त गर्नुभएको थियो ।
उपाध्यक्षमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गणेशराज गिरी विजयी हुनुभएको छ । गिरीले चार हजार ५६९ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्दु कठरियाले चार हजार २५५ मत प्राप्त गर्नुभएको छ । उक्त गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।







प्रतिक्रिया राख्नुहोस्