तपाईँ सुन्दै हुनुहुन्छः

दोलखाको मेलुङ गाउँपालिकामा एमाले विजयी

दोलखा । दोलखाको मेलुङ गाँउपालिकाकाे नतिजा सार्वजनिक भएको छ । उक्त पालिकामा अध्यक्ष उपाध्यक्ष दुवै नेकपा एमालेले जितेको छ । प्राप्त विवरण अनुसार अध्यक्षमा नेकपा एमालेका हिरा थाेकरले ५१५४ मत सहित जित हात पारेको छ । उनकाे प्रतिद्वन्दि गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका रविन्द्र कार्कीले ३९९५ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेकी गायत्री आचार्यले ४७४९ मत सहित जित हात पारेकी छन् भने उनकाे प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका भक्तबहादुर तामाङले ३३०२ मत प्राप्त गरेका छन् ।सात वटा वडा भएको मेलुङ गाउँपालिकामा नेकपा एमालेले चारवटा वडा जितेको छ भने नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीले एक–एकवटा वडा जितेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button