ढोरपाटन नगरपालिकाको प्रमुखमा एमालेका देव कुमार नेपाली पुन : विजयी
बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको प्रमुखमा पुनः नेकपा एमालेका देवकुमार नेपाली विजयी हुनु भएको छ ।
नेपालीले ५ दलीय गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका चन्द्र अर्याललाई पराजित गर्दै मेयरमा विजय हासिल गर्नुभएको हो ।
नेपालीले ५ हजार ७ सय ३५ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिस्पर्धी अर्यालले ५ हजार १ सय ३५ मत ल्याउनुभयो । उपमेयरमा भने ५ दलीय गठबन्धनका उम्मेदवार धनबहादुर कायत ५ हजार ६ सय ५० मत ल्याएर विजयी हुनु भएको छ ।
उहाँका प्रतिस्पर्धी नेकपा एमाले र विद्रोही राष्ट्रिय जनमोर्चाका उम्मेदवार ताराकुमारी पुनले ४ हजार ८ सय ८४ मत ल्याउनुभएको छ । ९ वटा वडा रहेको नगरपालिकामा मिश्रित परिणाम आएको छ ।वडा नम्बर १ मा नेपाली काँग्रेस, वडा नम्बर २ मा राष्ट्रिय जनमोर्चा, वडा नम्बर ३ मा नेकपा एमाले, वडा नम्बर ४ मा विद्रोही राष्ट्रिय जनमोर्चा, वडा नम्बर ५ र ६ मा एमाले, ७ मा राष्ट्रिय जनमोर्चा, ८ मा नेकपा माओवादी केन्द्र र ९ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।







प्रतिक्रिया राख्नुहोस्