तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा महानगरपालिका मतगणना जारी,  मेयरमा धनराज आचार्यको अग्रता

 

कास्की  । पोखरा महानगरपालिका मतगणना जारी छ । 

पछिल्लो मत परिणाम अनुसार नेकपा एकिकृत समाजवादीका धनराज आचार्यले ४ हजार ५ सय ६२ मतको ल्याउनुभएको छ ।

पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२ २३, २४ र २५ को ११ हजार १ सय ९३ मत गणनामा आचार्यले ४ सय ५ मतले अग्रता लिनुभएको हो । एमाले कृष्ण थापाले ४ हजार १ सय ५७ मत प्राप्त गर्नुभएको छ  । राप्रपा शङ्कर खराल ३ सय ८१ मत र स्वतन्त्र खड्कराज पौडेलले १ सय १८ मत ल्याउनुभयो ।

उपमेयरमा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ४ हजार ६ सय ६७ मत प्राप्त गर्नुभएको छ भने एमालेकी मञ्जु गुरुङले ४ हजार ७ सय ७९ मत प्राप्त गर्नुभएको छ  । 

गुरुङले रानाभाटलाई पछि पार्नुभएको छ । गुरुङले रानाभाटलाई १ सय ११ मतले पछि पार्नुभएको हो ।  

पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन् । शुक्रवार १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button