तपाईँ सुन्दै हुनुहुन्छः

तमानखोला गाउँपालिकाको अध्यक्षमा काँग्रेसका जोकलाल बुढा विजयी

बागलुङ । जिल्लाको तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसका जोकलाल बुढा गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको छ । 

७ सय १२ मतान्तरले माओवादी केन्द्रका देवबहादुर पुनलाई पछि पार्दै बुढा दोस्रो कार्याकालका लागि अध्यक्षमा विजयी भएका हुन् । 

उहाँका निकटतम प्रतिस्पर्धी पुनले १९ सय ९५ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका अध्यक्ष पदमा उम्मेदवार देवेन्द्र छन्त्यालले  ३ सय ९२ मत पाउनुभएको छ । 

उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै हिराकुमारी छन्त्याल २७ सय ६८ मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी इशु रसाईलीले १९ सय ५८ मत पाउनुभएको छ ।
 तमानखोला गाउँपालिकाको वडा नम्बर १, २ र ४ माओवादी केन्द्र तथा वडा नम्बर ३, ५ र ६ नेपाली काँग्रेसले जितेको छ । 

बागलुङका अन्य पालिकामा गठबन्धन भए पनि तमानखोलामा सबै दल एक्ला एक्लै निर्वाचनमा गएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button