कनकासुन्दरीको वडा ८ मा स्वतन्त्र उम्मेदवार कामी विजयी
सिजा । जुम्लाको कनकासुन्दरी वडा नम्बर ८ मा स्वतन्त्र उमेदवार धन वहादुर कामी वडा अध्यक्षमा विजय हुनु भएको छ ।
वडा नम्बर ८ मा दलित समुदायले दलित एकता गरेर स्वतन्त्र उम्मेदवार कामीलाई बनाएका थिए ।
नेपालमा संघियता आए पनि दलितहरुको मुक्ति नआएकोले दलित समूह एक हुनु पर्छ भन्दै ३ ओटा सदस्य र १ वडा अध्यक्ष स्वतन्त्र उठाएर चुनावमा लड्दै उहाँ विजयी हुनु भएको हो ।
धन वहादुर कामीले २८८ मत प्राप्त गरी विजय हुनु भएको छ ।
उहाँका प्रतिदन्दित नेपाली काङ्ग्रेस पार्टीका कप्तान वहादुर भण्डारी २२० मत ल्याएर पराजित हुनुभएको छ ।
वडा सदस्यमा स्वतन्त्र उम्मेदवार गोल दमाई र कर्णजित सार्की विजय हुनुभएको छ ।
महिला सदस्यमा नेपाली काङ्ग्रेस पार्टीबाट रामदेवि काँफले विजय हुनुभएको छ ।
दलित महिला सदस्य स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय हुनु भएको छ ।
चार ओटा पदमा स्वतन्त्र उम्मेदवार विजय र एक पदमा मात्र नेपाली काङ्ग्रेसले विजय लियको छ ।
दलित एकजुट भयर दलितले स्वतन्त्रमा जित्दा अरु दल अचम्मित भएका छन ।
दलितले यसरी स्थानीय चुनावमा जित पार्दा वडा नम्बर ८ का दलित बस्ति बस्तिमा खुसियालि छाएको छ ।
निर्वाचन अधिकृतको कार्यलय कनकासुन्दरी देखि बाजागाजा सहित नाराजुलुस लियर वडा नम्बर ८ सम्म विजय र्यालि मनाएका छन ।







प्रतिक्रिया राख्नुहोस्