कांग्रेस अछामका सहसचिव विष्ट वडा सदस्यमा पराजित
अछाम । नेपाली काग्रेस अछामका सहसचिव गोबिन्द बहादुर बिष्ट वडा सदस्यमा पराजित हुनुभएको छ ।
कमलबजार नगरपालिका वडा नम्बर १० घोडासैनमा खुला सदस्यमा प्रतिस्पर्धा गरनुभएका बिष्टलाई नेकपा एमालेका उम्मेदवार तप्त बहादुर बिष्टले पराजित गरनुभएको हो ।
घोडासैनमा नेपाली काग्रेसका वडा अध्यक्षका उम्मेदवार भिम बहादुर बिष्ट सहित ३ सदस्य काँग्रेसबाट विजयी हुनुभएको छ ।
यता रामारोशन गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका मीन बहादुर परियार विजयी हुनुभएको छ । नेकपा एमालेको तर्फबाट पालिका अध्यक्ष चक्रबहादुर रावलको वडा रहेको त्यहाँ मओवादी केन्द्रको प्यानल नै विजयी भएको हो ।







प्रतिक्रिया राख्नुहोस्