तपाईँ सुन्दै हुनुहुन्छः

कामीरितासहित ११ आरोहीद्वारा सगरमाथा आरोहण

काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पासहित ११ जना आरोहीले ८,८४८.८६ मिटर अग्लो सगरमाथाको आरोहण गर्नुभएको छ ।

file photo

सेभेन समिट ट्रेकका निर्देशक छाङ दावा शेर्पाका अनुसार आरोहणका लागि बाटो बनाउने टोलीले सगरमाथाको सफल आरोहण गरेको हो ।

आरोहण गर्नेहरूमा विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही कामीरिता शेर्पा, सङ्खुवासभाका सोना शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जी शेर्पा, तारेमान तामाङ, सोलुखुम्बुका ङिमा टासि शेर्पा, फुर्वा छिरिङ शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा, फुर्वा छेतर शेर्पा, दोलखाका मिङमा डण्डु शेर्पा रहनुभएको कम्पनीले जनाएको छ ।

कीर्तिमानी आरोही कामीरिता शेर्पा आफ्नै कीर्तिमान तोड्दै विश्वमै सबैभन्दा धेरै, २६ औँ पटक सगरमाथा आरोहण गर्ने व्यक्ति बन्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button