नायक भुवन केसी काँग्रेसमा प्रवेश

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नायक भुवन केसीलगायत केही कलाकारहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
चर्चित नायक भुवन केसी, नायिका श्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत आज काँग्रेसमा प्रवेश गर्नुभएको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उहाँहरूलाई आज पार्टी प्रवेश गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक एवं पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, कांग्रेस नेतासमेत रहनुभएका कलाकार नीर शाहलगायत सहभागी हुनुहुन्थ्यो ।







प्रतिक्रिया राख्नुहोस्