तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा गैँडाको आक्रमणबाट एक पुरुष घाइते

चितवन । चितवनमा गैँडाको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । 

घाइते हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २८ का मन बहादुर कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ७ बजे मजदुरी गर्न जाने क्रममा घर भन्दा चार सय मिटर मकैबारीमा आक्रमण गरेको थियो । 

गैँडाको आक्रमणबाट घाइते भएका उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको पेटको भित्री भाग, खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button