तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन निष्पक्ष बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण: अध्यक्ष पोखरेल

दमौली । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले स्थानीय तह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष पोखरेलले लोकतन्त्रलाई सही ढङ्गबाट अगाडि बढाउन निर्वाचन आवश्यक रहेकोले निर्वाचनबाट सक्षम नेतृत्व चयनका लागि पत्रकारले आवाज बुलन्द गर्नुपर्ने बताउनुभयो ।

नेपाली पत्रकारिता क्षेत्र तटस्थ छ भनेर स्थापित गर्न जरुरी रहेको बताउनुहुँदै अध्यक्ष पोखरेलले आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष पोखरेलले मतदातालाई भयरहित हिसाबले मतदान गर्न पाउने अवस्था सिर्जना गर्न पत्रकारले कलम चलाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा तनहुँका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन पत्रकारले यथार्थपरक समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button