तपाईँ सुन्दै हुनुहुन्छः

‘कर्मचारी वर्गमा सुशासन र वित्तीय अनुशासन कायम भए देश विकासमा टेवा पुग्छ’

हेटौँडा । खानेपानी मन्त्री उमाकान्त चौधरीले कर्मचारी वर्गमा सुशासन र वित्तीय अनुशासन कायम भए देश विकासमा टेवा पुग्ने बताउनुभएको छ ।

खानेपानी मन्त्रालयले आज हेटौँडामा आयोजना गरेको ‘सुशासन तथा वित्तीय अनुशासन’ सम्बन्धी दुई दिने गोष्ठीको उद्घाटन गर्नुहुँदै मन्त्री चौधरीले स्थायी सरकार भनेकै कर्मचारी वर्ग भएकोले कर्मचारी वर्गमा वित्तीय अनुशासन कायम भए जनतामा अझ विश्वास र भरोसा बढ्दै जाने बताउनुभयो ।

गोष्ठीमा मन्त्रालयका सचिव सुरेश आचार्य, विभागका महानिर्देशक सूर्यप्रसाद कँडेल, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा, मन्त्रालयका सहसचिव ज्ञानप्रसाद ढकाल, अर्का सहसचिव तिरेशप्रसाद खत्री, विभाग तथा मन्त्रालय मातहतका कार्यालयका प्रमुख तथा कर्मचारीहरूको सहभागिता थियो ।

गोष्ठी शनिवारसम्म चल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button