तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरको आमचोक गाउँपालिका–७ मा माओवादी केन्द्रका एक जना निर्विरोध 

भोजपुर । स्थानीय तह निर्वाचन अन्तर्गत नेकपा(माओवादी केन्द्र) ले भोजपुरको आमचोक गाउँपालिकाको एउटा वडामा खाता खोल्न सफल भएको छ । 

जिल्लाको दक्षिणमा रहेको आमचोक गाउँपालिका वडा नं ७ देवान्टारमा दलित महिला सदस्यमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी रत्ना परियार निर्विरोध निर्वाचित हुनुभएको हो । 

त्यहाँ अन्य राजनीतिक दलबाट उम्मेदवार नभएकाले परियार निर्विरोध निर्वाचित हुँदै जिल्लामा खाता खोल्न सफल हुनुभएको हो । 

पालिका भित्र १० वडा रहेको आमचोक गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा(एमाले)को बिचमा चुनावी तालमेल रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button