तपाईँ सुन्दै हुनुहुन्छः

फिदिम नगरपालिकामा काँग्रेस एक्लै चुनावमा जाने निर्णय

पाँचथर । पाँचथरको फिदिम नगरपालिकामा काँग्रेसले सत्ता साझेदारी दलसँग तालमेल नगरी एक्लै चुनावमा जाने निर्णय गरेको छ ।

काँग्रेस नगर सभापति प्रकाश गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै तालमेलप्रति कार्यकर्ताबीच चरम असन्तुष्टि पैदा गरेकोले एक्लै चुनावमा जाने निर्णय गरिएको बताउनुभयो  ।‘नगर समितिको बैठकले सबै वडामा एक्लै चुनावमा जाने निर्णय गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ‘पाँच दलीय गठबन्धन गर्न आवश्यक नरहेको र सहमति पनि हुन नसकेकाले गठबन्धन बिना नै मैत्रीपूर्ण तवरबाट निर्वाचन जाने निर्णय गरिएको छ ।’पार्टीभित्र र गठबन्धनमा कुरा मिल्न नसक्दा काँग्रेसले अहिलेसम्म उम्मेद्धारको टुङ्गो लगाउन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button