तपाईँ सुन्दै हुनुहुन्छः

बाल संरक्षण तथा घटना व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

बारा । बाराको निजगढमा बाल संरक्षण तथा घटना व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।

प्रदेश सरकार महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय जनकपुरधामको आयोजनामा भएको कार्यक्रममा स्थानीय बाल अधिकार समितिका सदस्यहरु, वडा सचिवहरू लगायत जनप्रतिनिधिहरूको सहभागिता थियो ।

बाल संरक्षण र घटना व्यवस्थापनका विभिन्न आयामका विषयमा तालिम प्रदान गरिएको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button