सुदूरपश्चिममा भूकम्प

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा मंगलबार बिहान भूकम्प गएको छ ।
नेपाली समय अनुसार मंगलबार बिहान ६ बजेर ३ मिनेटमा बझाङको लेखगाउँ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । कम्पन्न केही सेकेन्डको मात्रै भएकाले कुनै धनजनको क्षति नभएको समेत केन्द्रले जनाएको छ । भूकम्पको पराकम्प आसपासका जिल्लाहरुमा समेत गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्