तपाईँ सुन्दै हुनुहुन्छः

भैरवनाथको रथले किचेर वृद्धको मृत्यु

भक्तपुर । भक्तपुरको बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ) ले किचेर एक वृद्धको मृत्यु भएको छ ।

जात्राको अन्तिम दिन आज रथ तान्ने क्रममा नासमना चोकमा जात्रा हेर्न बसेका वृद्धको रथले किचेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा सूर्य विनायक नगरपालिका–५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपाल रहेका छन् । रथले किचेर घाइते भएका कसपाललाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो ।

उपचारका क्रममा चिकित्सकले कसपाललाई मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button