तपाईँ सुन्दै हुनुहुन्छः

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ मङ्गलवारदेखि सुरु हुने

काठमाडौँ । गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मङ्गलवारदेखि सुरु हुने भएको छ ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने छ ।

काठमाडौँको वसन्तपुर डबलीमा आगामी शनिवारसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१, ९१ केजी गरी सात वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी महिलातर्फ ४८, ५४—५७, ६०, ६४—६९, ६९—७५ केजी गरी पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा ६५ पुरुष र ३७ महिला गरी १०२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button