तपाईँ सुन्दै हुनुहुन्छः

‘मधेशका मुद्दाकै कारण जसपा मधेशमा एक नम्बर पार्टी’

बीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेशका मुद्दाकै कारण जसपा मधेशमा एक नम्बर पार्टी भएको दाबी गर्दै मधेशका एजेन्डालाई सम्बोधन गर्न अझै जनताले एक पटक जसपालाई पुनः अवसर दिनुपर्ने कुरामा जोड दिनुभएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा आयोजित घरदैलो तथा अगुवा कार्यकर्ता भेलाका क्रममा मुख्यमन्त्री राउतले वीरगन्जमा जसपाप्रति बढेको जनलहरले पार्टीका उम्मेदवारहरूको जित सुनिश्चित भएको दाबी गर्नुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका नेता राजेशमान सिंहले वीरगन्जमा जसपाप्रति जनताको भरोसा बढ्दै गएको बताउनुभयो ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि जसपाबाट वीरगञ्ज महानगरको मेयरको उम्मेदवार समेत रहेका सिंहले महानगरमा हालका निर्वाचित जनप्रतिनिधिले कुनै उपलब्धिमूलक काम नगरेको आरोप लगाउनुभयो ।

सिंहले आफू महानगरको मेयरको रुपमा निर्वाचित भएपश्चात् स्थानीय तहको काम जनमुखी र पारदर्शी बनाउने उल्लेख गर्दै जनताको घरदैलोसम्म स्थानीय तहको सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button