तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा तालाबन्दी

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कानून अध्ययन गरिरहेका विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । आइतबार कानून सङ्काय अन्तरगत बिएएलएलबीका विद्यार्थीले परीक्षामा प्रश्नपत्र र उत्तर लेख्ने माध्यम नेपाली–अङ्ग्रेजी दुवै हुनुपर्ने माग सहित प्रशासन र प्रिन्सिपलको कार्यालयमा तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयले मनपरी रुपमा अङ्ग्रेजी माध्यम मात्रै लागू गरेको उनीहरूको आरोप छ । यस विषयमा विगतदेखि नै आफूहरू आन्दोलनरत रहेको विद्यार्थीहरूले बताएका छन् । उनीहरूले यसअघि क्याम्पस प्रशासन र डिन कार्यालयसँग समेत छलफल गरेका थिए । तर, प्रशासनले बेवास्ता गर्दै आइरहेको उनीहरूको भनाइ छ ।

यस्तै उनीहरूले वैशाख ५ गतेबाट क्याम्पसले गर्ने भनेको मध्यसत्र परीक्षा पनि बहिस्कार गर्ने जनाएका छन् । भाषा माध्यमको समस्या विश्वविद्यालय अन्तरगतका कैलाली बहुमुखी क्याम्पस, टीकापुर बहुमुखी क्याम्पसमा पनि रहेको बताइएको छ । माग सम्बोधन नभए आन्दोलनलाई थप आक्रामक बनाउने विद्यार्थीहरूको चेतावनी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button