तपाईँ सुन्दै हुनुहुन्छः

मङ्गलवार मेलम्ची खानेपानीको उद्घाटन गर्दै सरकार

काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलवार गर्ने भएको छ ।

मङ्गलवार सुन्दरीजलमा पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्न लाग्नुभएको हो ।

गत असार १ र साउन १७ गते आएको बाढीले ठूलो क्षति पुराएको खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएसँगै सरकारले यही चैत २९ गते मङ्गलवार प्रधानमन्त्रीबाट आयोजनाको उद्घाटन गर्न लागेको हो ।

सन् २००७ देखि निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजना अघिल्लो वर्ष मात्र सञ्चालनमा आएपनि मेलम्चीमा आएको बाढीका कारण केही महिनामै बन्द हुन पुगेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button