प्रदेश १ मा टाइफाइड विरुद्धको खोप अभियान सुरु
मोरङ । प्रदेश नं १ मा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टाइफाइड विरुद्धको खोप अभियान तथा नियमित टाइफाइड खोप लगाउने कार्य आजदेखि शुभारम्भ गरिएको छ ।

प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादवले विराटनगरको आदर्श उच्च माविमा खोप कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म प्रदेशका १४ जिल्लामा १२ लाख ३८ हजार ३८७ जना १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई खोप लगाइने छ ।
प्रदेशका १३७ पालिकाको ९ हजार ७७८ खोप केन्द्रमा ९ हजार ७६८ स्वास्थ्यकर्मी र १९ हजार ३५० स्वयंसेवकले खोप लगाउने कार्यमा सहयोग पुर्याउने निर्देशनालयका निर्देशक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।
त्यस अवसरमा स्वास्थ्य मन्त्री यादवले स्वास्थ्य नै धनको हो भन्ने महत्त्वलाई बुझेर अभिभावक एवं शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई खोप लगाई अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो ।
निर्देशनालयका निर्देशक बस्नेत, आदर्श उच्च माविका प्राचार्य सन्तोष पोखरेलले खोपबाट जीवन सुरक्षित हुने भएकाले खोप लगाउनका साथै सरसफाईमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्