तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा कोरोना संक्रमणदर घट्दो, आज १२ जना संक्रमित

काठमाडौँ । गत दुई वर्षदेखि विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमण नेपालमा भने घट्दो छ ।

गएको २४ घण्टामा देशभर १२ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

४ हजार ३ सय ४९ नमुनाको परिक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ११ लाख १८ हजार ७ सय ४ पुगेको छ ।

आज कोरोना सङ्क्रमणबाट ८९ जना मुक्त भएका छन् । यो सँगै अहिलेसम्म कोरोनाबाट मुक्त हुनेको सङ्ख्या ९ लाख ६५ हजार ९ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणबाट ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।

आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

देशभर ६ सय ६९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेर उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button