तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुद विकास समिति अछामको अध्यक्षमा खड्का 

अछाम । जिल्ला खेलकुद विकास समिति अछामको अध्यक्षमा मेल्लेख गाउँपालिका वडा नम्बर ५ का केशर खड्का मनोनीत हुनुभएको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले उहाँलाई बिहीबार अध्यक्षमा मनोनीत गरेको हो ।

सुदूरपश्चिम प्रदेश खेलकुद नियमावली २०७७ को नियम ५ को उपनियम १ को खण्ड (क )मा व्यवस्था भएबमोजिम उहाँलाई जिल्ला समितिको अध्यक्षमा मनोनीत गरिएको हो ।

प्रदेश खेलकुद परिषद्को चैत्र २३ गतेको निर्णय अनुसार खड्कालाई अध्यक्षमा मनोनीत गरिएको परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले बताउनुभयो । 

प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष मनोनीत गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button