झुटो विवरण पेश गरी नागरिकता बनाउने पक्राउ
पाल्पा । पाल्पामा झुटो विवरण पेश गरी नागरिकता बनाउने पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ नगरपालिका ८ का २३ वर्षीय धनबहादुर कँडेल रहेको प्रहरीले जनाएको छ ।
बागलुङ जिल्ला बागलुङ नगरपालिका–८, स्थायी घर भई, हाल पाल्पा जिल्ला रामपुर–१२ का स्थायी बासिन्दा पीताम्बर अधिकारीको छोरा बनी किर्ते नागरिकता बनाएको अभियोगमा धनबहादुर कँडेल (परिवर्तित नाम विजय अधिकारी) लाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनले झुटा विवरण पेश गरी ना प्र प नं ३९–०१–७२–०८५०२ नम्बरको नागरिकता बनाएका थिए ।
किर्ते नागरिकता बनाएको भन्दै पीताम्बर अधिकारीले जिल्ला प्रहरी कार्यालयमा छोरा भनेर धनबहादुरसहित सनाखत गर्ने कृष्णप्रसाद अधिकारी विरुद्ध उजुरी दिनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्