तपाईँ सुन्दै हुनुहुन्छः

उपसभापति खड्का काँग्रेसको कार्यवाहक सभापति

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोक्नुभएको छ ।

प्रधानमन्त्री देउवा भारत सरकारको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएकाले काँग्रेसको विधानबमोजिम स्वदेश नफर्कुन्जेल सम्मका लागि उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नुभएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री एवं पार्टी सभापति देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button