तपाईँ सुन्दै हुनुहुन्छः

एमाले नेतृत्वको तीन वर्षे सरकारले ल्याएको योजना पूर्ण बन्दै गएकाले विरोधीलाई छटपटाहट : अध्यक्ष ओली

रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको तीन वर्षे सरकारले ल्याएको विकास पूर्वाधारका योजना पूर्ण बन्दै गएकाले विरोधीहरूलाई छटपटाहट भएको बताउनुभएको छ  । 

रुपन्देहीको तिलोत्तमास्थित तिलोत्तमा भ्यु टावरको उद्घाटन गर्दै ओलीले एमाले सरकारमा नभएको भए यस्ता काम कति वर्ष झुल्ने थिए हामी सबैलाई थाहा भएको भन्दै चुनावमा एमाले नेतृत्वमा आएपछि केके भयो त्यो जनमानसमा लैजान सबैलाई आग्रह गर्नुभयो । उहाँले एमालेको जनलहरबाट आत्तिएकाहरू छटपटाए पनि सर्वसाधारणलाई यथार्थ विषय जनकारी दिनुपर्ने बताउनुभयो ।

गएका ३ वर्षमा हामीले विकासका थुप्रै आधार तयार गरेका छौँ, पूर्वाधार विकासमा एमालेले गरेका काम जनतालाई कसैले भ्रम पारेर जस लिन सक्छ । चुनावी फण्डा रोक्न सबै सचेत नागरिकले त्यो ख्याल गर्नुहोला ।, क्याम्पसमा गएर मैले कख पठाउनु थालिन, अरू कुरा आफै बुझ्नुस्,  ओलीले भन्नुभयो । 

पुर्जा विहीनलाई लालपुर्जाको व्यवस्थापनको अन्तिम तयारीमा रहेको आयोगलाई गठबन्धन सरकारले आयोग नै खारेज गरेर तयारी अवस्थामा बनाएको काम रोके, तर अहिले भन्दैछन् अघिल्लो सरकारले फाइल लुकायो भनेर, ओलीले भन्नुभयो– ‘सायद केही साथीहरू त्यही फाइल खोज्न शुक्रवार दिल्ली जाँदैछन् भन्ने सूचना आएको छ, चुनावका बेला त्यस्ता झुट कुरा लिएर आउलान् चुनावमा ख्याल गर्नुस् ।’  

मन्तव्यको अधिकांश समय स्वास्थ्य शिक्षा, पर्यटन विकासका योजना तथा तिलोत्तमा नगरपालिकाले गरेका नमुना कामको प्रशंसा खर्चिनुभएका एमाले अध्यक्ष ओलीले विकासका योजनामा निरन्तर साथ दिनुपर्ने, मानवीय प्रयासमार्फत अगाडि बढाउनुपर्ने, आधुनिक प्रविधिमा कृषिलाई ध्यान दिए उत्पादन बढ्ने गरी स्थानीय सरकारले योजना बनाउन आग्रह गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button