राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगिता (रेडियो नेपालबाट प्रत्यक्ष प्रसारण)
काठमाडौं । रेडियो नेपालको ७२ औ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगिताको फाइनल सुरु भएको छ । प्रतियोगिता सिंहदरबारस्थित रेडियो नेपालको प्राङ्गणमा भइरहेको छ ।
प्रतियोगितामा देशभरिबाट छनौटमा परेका २६ जना कलाकारको सहभागिता छ ।
प्रतियोगितामा उत्कृष्ट गीत रचनातर्फ एक जना, उत्कृष्ट सङ्गीततर्फ एक जना र गीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कलाकारहरूलाई चैत २० गते रेडियो नेपालको वार्षिकोत्सवका दिन पुरस्कार वितरण गरिने छ ।
रेडियो नेपालले आफ्नो स्थापना दिवसको अवसर पारेर बि.स. २०२२ सालदेखि हरेक वर्ष राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण रेडियो नेपालका विभिन्न फ्रिक्वेन्सी ५७६,६८४,७९२, ८१०, ११४३ किलोहर्जका साथसाथै एफएम ब्यान्डका फ्रिक्वेन्सी ९८,१००, १०३ एकैसाथ सुनिरहनुभएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनको न्युज च्यानलबाटसमेत हेर्न र सुन्न सक्नुहुनेछ ।







प्रतिक्रिया राख्नुहोस्