सर्पको टोकाइबाट एक महिलाको मृत्यु
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका १२ मा सोमबार राति विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय ६० वर्षीया धनमाया श्रेष्ठको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
मङ्गलवार दिउँसो खेतमा बाख्रा चराउन गएको बेला श्रेष्ठको खुट्टामा सर्पले टोकेको थियो । घटना लगत्तै श्रेष्ठलाई उपचारका लागि सर्प दंश उपचार केन्द्र कञ्चनपुरमा लगिएको थियो ।
महिलाको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्यकर्मी गणेश मण्डलले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्