तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर गोल्डकपः अमुक्ता परिवार, पश्चिम बङ्गाल फाइनल प्रवेश

भोजपुर । भोजपुरको स्थानीय टुँडिखेलमा जारी भोजपुर गोल्डकप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा सुनसरीलाई हराउँदै अमुक्ता परिवार, पश्चिम बङ्गाल भारत फाइनल प्रवेश गरेको छ ।

आइतबारको खेलमा राष्ट्रिय जागृति क्लब सुनसरीलाई ० का विरुद्ध ६ गोल गर्दै पश्चिम बङ्गालले फाइनलको यात्रा तय गरेको हो ।

पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत अमृक्ता परिवार, पश्चिम बङ्गालका तर्फबाट जर्सी नम्बर ८ का बिश्वजित रायले खेलको १७ औ मिनेटमा १ गोल गर्नुभयो भने जर्सी नम्बर ७ का सौरभ तामाङले खेलको ४०, ४२ र ४४ औ मिनेटमा ३ गोल गर्नुभएको थियो । अर्को गोल ७० औ मिनेटमा जर्सी नम्बर ११ का प्रवीण सुब्बाले र जर्सी नम्बर १० का देवासिस रायले खेलको ७३ औ मिनेटमा अर्को १ गोल गर्दै टिमलाई फाइनलमा पुर्‍याउन सफल हुनुभयो । खेलको म्यान अफ द म्याच पश्चिम बङ्गालका सर्वोत्कृष्ट गोलकर्ता सौरभ तामाङ बन्नुभयो ।

सोमवार फाइनल खेल गोर्खा ब्वाइज रुपन्देही र अमुक्ता परिवार, पश्चिम बङ्गालका बिचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले नगद ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button