भोजपुर गोल्डकप फुटबल: दोस्रो खेलमा खोटाङलाई हरायो सुनसरीले
भोजपुर । पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा राष्ट्रिय जागृति क्लब सुनसरी विजयी भएको छ ।
खोटाङको भगवती स्पोर्ट्स क्लबसँग भएको प्रतिस्पर्धामा सुनसरीले २ गोल गरेको थियो भने खोटाङका तर्फबाट १ गोल मात्र भयो ।

भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा चैत्र १ गतेबाट नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत बिहीबारको खेल बसाहा क्लब उदयपुर र गोर्खा ब्वाइज रुपन्देहीका बिचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।
प्रतियोगिता सञ्चालनका लागि मुख्य प्रायोजक भोजपुर नगरपालिकाले २५, सह प्रायोजक चौधरी ग्रुपको १ र राष्ट्रिय वाणिज्य बैङ्कको १ लाख सहयोग रहने छ । प्रतियोगिताको विजेताले नगद ५ तथा उपविजेताले नगद ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।







प्रतिक्रिया राख्नुहोस्