तपाईँ सुन्दै हुनुहुन्छः

दमक गोल्डकपको दोस्रो संस्करण चैत्र ९ देखि १८ गतेसम्म हुने

झापा । मोफसलकै सर्वाधिक पुरस्कार राशिको दमक गोल्डकपको दोस्रो संस्करण हुने भएको छ ।

प्रथम पुरस्कार नगद १३ लाख ११ हजार पुरस्कार राशिको दमक गोल्डकप २०७८ चैत्र ९ गतेदेखि १८ गतेसम्म हुने दमकमा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी गराइएको छ ।

प्रतियोगिताको द्वितीय हुने टिमले ६ लाख ११ हजार, प्राप्त गर्ने छ भने विभिन्न विधागत विजेता तथा उत्कृष्ट खेलाडीलाई पनि २१ हजार माथिको पुरस्कारको व्यवस्था गरिएको छ ।

दमक नगरपालिकाको खेलकुद विकास समिति मुख्य आयोजक रहेर गोल्डकप गराउन लागेको हो । प्रतियोगितामा भारत र अफ्रिका सहित नेपालका राष्ट्रिय स्तरका क्लबहरूको सहभागिता रहने छन् ।

दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रङ्गशालामा हुने प्रतियोगितामा आयोजक दमक ११ सहित १० टिम सहभागी हुने छन् ।

खेल मैदान पूर्व पश्चिम राजमार्गबाट करिब ७ किलोमिटर उत्तरमा पर्ने भएकोले खेल हेर्न जानेका लागि बस वा अन्य कुनै सवारी साधनको व्यवस्था पनि गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button