तपाईँ सुन्दै हुनुहुन्छः

आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल हुन सक्छ : मन्त्री कार्की

नेपालगञ्ज । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आवश्यकता र औचित्यका आधारमा सत्ता साझेदार दलहरूका बीचमा चुनावी तालमेल हुन सक्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बाँके शाखाले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले अहिलेको राजनीतिक अवस्थालाई गहिरोसँग विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने निर्णय लिइने बताउनुभयो । विशेष परिस्थितिमा बनेको गठबन्धन भएकाले आवश्यकता अनुसार सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल हुन सक्ने मन्त्री कार्कीको भनाई छ ।

एमसीसीबारे छरिएका भ्रम बिस्तारै चिरिँदै गएको बताउँदै मन्त्री कार्कीले नेपालको गरिबी निवारण र दिगो आर्थिक विकासमा एमसीसीले योगदान पुर्‍याउने बताउनुभयो । सार्वभौम संसदबाट करिब करिब सहमतिमै पास भएको एमसीसीबारे अफवाह फैलाइएको भन्दै उहाँले एमसीसी सहयोग परियोजना भएकाले यो मुलुकको हितमा रहेको बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री कार्कीले पार्टीले स्थानीय तहमा जीत हासिल गर्न सके मात्रै प्रदेश र संघमा जित्ने आधार बन्ने बताउँदै स्थानीय निर्वाचन जित्नैपर्छ भन्ने अठोटका साथ लाग्न नेता कार्यकर्तालाई आह्वान गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button