तपाईँ सुन्दै हुनुहुन्छः

११ लाख बराबरको भन्सार छलीको चामलसहित पिकअप भ्यान नियन्त्रणमा   

बीरगंज । अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको चामलसहित पर्सा प्रहरीले पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।

प्रज्ञापन पत्र बिनाको भारतीय चामल लोड गरेको पिकअप भ्यान बीरगञ्जबाट बाराको जितपुरतर्फ लैजाँदै गरेको भन्ने सूचनाको आधारमा चेकजाँचको क्रममा गए राति वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ रानीघाट स्थित सडक खण्ड बाट प्रदेश ०३–००१ च ०५२२ नम्बरको पिकअप भ्यान रोकेर चेकजाँच गर्ने क्रममा प्रज्ञापन पत्र विनाको भन्सार छली गरी ल्याइएको १ सय १८ बोरा भारतीय चामल बरामद भएको र बरामद गरिएको चामल र पिकअप भ्यानको ११ लाख मूल्याङ्कन गरी थप कारबाहीका लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।

 रातको समयमा भारतबाट साइकल तथा भरियामार्फत अवैध रुपमा राजस्व छलेर भारतबाट ओसारिएको चामल पिकअप भ्यानमार्फत जीतपुरतर्फ लैजाँदै गर्दा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button