चिनियाँ र पाकिस्तानी विदेशमन्त्री फोनवार्ता
काठमाडौँ । चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साश मोहमद कुरेसीबीच फोनवार्ता भएको बताइएको छ । उहाँहरूका बीचमा मङ्गलवार फोनमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
त्यस फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले हालै पाकिस्तानको पेसावरमा भएको आतङ्ककारी हमलाको कडा शब्दमा निन्दा गर्नुभएको बताइएको छ ।त्यस्तै उहाँहरूका बीचमा चीन पाकिस्तान द्विपक्षीय सम्बन्धका साथै अन्य सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।
त्यस वार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हालै गर्नुभएको चीन भ्रमण र त्यहाँ उहाँले बेइजिङ ओलम्पिकमा सहभागी हुनुभएका विषयमा पनि कुराकानी भएको थियो । रासस







प्रतिक्रिया राख्नुहोस्