पर्वतको चार ठुला पालीका जोड्ने दोबिल्ला पुलमा टिपर दुर्घटना

पर्वत । पर्वतको कुश्मा नगरपालिकाको वार्ड नं। ८ र ११ जोड्ने दोबिल्ला मोटरेवल पुलमा टिपर दुर्घटना भएको छ । यो पुलले पर्वतका फलेवास नगरपालिका, पैयुँ,बिहादी र महाशिला गाउँपालिका जोड्छ ।
बुधवार बिहान अलकत्रा लिएर सिल्मीबाट कुश्मातर्फ आउँदै गरेको ग १ ख ८६४१ नम्बरको टिपर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रत्यक्षदर्शी सुरज शर्माले बताउनुभयो ।
उहाँका अनुसार पुलको भार बहन क्षमता १५ टन मात्र भए पनि दिनहुँ क्षमता भन्दा दोब्बर लोड भएका करिब २० भन्दा बढी टिपर यो पुलबाट ओहोरदोहोर गर्ने बताउनुभयो ।
बिहान करिब ७ः३० बजे तिर दुर्घटना भएको टिपर पुलको बिचमा हुँदा सयौँ यात्रुहरू अलपत्र परेका छन् । अहिले टिपर निकाल्ने कार्य भइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्