मानवअधिकार रक्षकसँगै राजनीतिज्ञको पनि सफलता: मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मानवअधिकार आयोगको स्थापना हुनु मानवअधिकार रक्षकसँगै राजनीतिज्ञहरूको पनि सफलता भएको बताउनुभएको छ ।

मुख्यमन्त्री पाण्डेले मानवअधिकार आयोग नेपालको आयोजनामा हेटौँडामा शुक्रवारबाट सुरु भएको दुई दिने मानवअधिकार रक्षकको प्रादेशिक सम्मेलनको उद्घाटन गर्नुहुँदै मानिसका अधिकार प्राप्तिका लागि विगतका राजनीतिक परिवर्तनका आन्दोलन महत्त्वपूर्ण साबित भएको बताउनुभयो ।
उहाँले पछिल्लो समय विगतमा जस्तो बोलेकै आधारमा राज्य पक्षबाट मानवअधिकार नै हनन हुने प्रकृतिका घटनामा कमी आएको बताउनुभयो । विगतमा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको अधिकार नै कुण्ठित बनाउने गरी राज्यले मानवअधिकार माथि प्रहार गर्ने गरेको उहाँले बताउनुभयो ।
रासस







प्रतिक्रिया राख्नुहोस्